विद्यार्थी नेता ऐडीको हत्या आरोपमा वडाध्यक्ष सहित तीन जना पक्राउ

Image
maya metro

कैलाली – बाजुरामा विद्यार्थी नेता चेतन ऐडीको हत्या आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जुद्धबहादुर ऐडीलाई पक्राउ गरिएको हो ।

वडाध्यक्ष ऐडीसँगै प्रहरीले अहिले सम्म तीन जनालाई पक्राउ गरेको जनाएको छ । मृतकका आफन्तले हत्यामा संलग्न भएको भन्दै वडा अध्यक्षसहित २२ जना विरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले ती मध्ये वडाध्यक्ष सहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्य थापाले बताए ।

nisarga

मंसिर ४ गते निर्वाचन सम्पन्न भइसकेपछि घरमा सुतिरहेका एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका केन्द्रीय सदस्य अयडीलाई घरबाट झिकेर बीभत्स हत्या गरिएको थियो । प्रहरीले किटानी जाहेरीको आधारमा घटनामा संलग्न अन्यलाई पनि खोजि गरिरहेको जनाएको छ ।