बाजुरा क्षेत्र नं १ (२) बाट कांग्रेसका पदमबहादुर शाही विजयी

Image
maya metro

काठमाडौं – बाजुरा निर्वाचन क्षेत्र नं १ (२) बाट नेपाली कांग्रेसका पदमबहादुर शाही प्रदेशसभा सदस्यामा विजयी भएका छन्।

आइतबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार शाहीले २० हजार ११९ मत प्राप्त गर्दै विजयी भएका हुन्।

nisarga

उनका निकतटम प्रतिस्पर्धी एमालेका लालबहादुर थापाले १७ हजार ५२१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए। शाहीले थापालाई २ हजार ५९८ मतान्तरले पछि पारेका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका हिमालबहादुर शाहीले १२२ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार जनकबहादुर रावलले १५५ मत पाए।