
अत्तरिया – बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे विजयी भएका छन्।
विजयी पाण्डेले ३१ हजार ७ सय ८६ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कर्ण थापाले २६ हजार ३ सय ४९ मत प्राप्त गरेका छन् ।

उनीहररुबीचको मतान्तर ५ हजार ४ सय ३७ रहेको छ।
गत मंसिर ४ गते भएको आम निर्वाचनका क्रममा भएको विवादका कारण ११ दिनसम्म मतगणना कार्य सुरू हुन सकेको थिएन।
निर्वाचन आयोगको टोलीले निर्वाचनका क्रममा भए गरेका घटनाबारे जाँचबुझ गरी प्रतिवेदन पेस गरेपछि मतगणना गर्न आयोगले निर्देशन दिएको थियो । बिहिबार बेलुकी मतगणना सुरु भएको थियो ।












