पूर्व मन्त्री आलेकी आमाको निधन

Image
maya metro

अत्तरिया – पूर्व मन्त्री प्रेमबहादुर आलेमगरकी आमाको निधन भएको छ। उनकी ७९ वर्षीया आमा गंगादेवी आलेको मंगलबार निधन भएको हो।

उनको मंगलबार ११ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने उनको परिवार स्रोतले बताएको छ। उनलाई गत मंसिर ११ गते उपचारका लागि काठमाडौँ लगिएको थियो।

nisarga

डोटी स्थित आफ्नै निवासमा उच्च रक्त चापले सिकिस्त भएपछि उनलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो।

पूर्व मन्त्री आले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटव्युरो सदस्य तथा डोटीबाट प्रतिनिधि सभा सदस्यमा विजयी नेता हुन्।