डोटीमा तरकारीको बिउ र फलफुलका बिरुवा वितरण

Image
maya metro

डोटी – डोटीमा तरकारीको बिउ र फलफुलका बिरुवा वितरण गरीएको छ ।

सैनिक श्रीमती संघले शिखर नगरपालीका वडा नम्बर ११ का ३०० जना किसानलाई बिउ र बिरुवा वितरण गरेको हो । सोमबार एक कार्यक्रमका बिच सैनिक श्रीमती संघ नं. ५ बाहिनी अड्डाकी सल्लाहकार कृष्णा शाहले जिल्ला डिभिजन वन कार्यालय डोटी र कृर्षी ज्ञान केन्द्रको सहयोगमा भोगौलिक अवस्था सुहाउंदो तरकारीको बिउ र फुलफुलका बिरुवा वितरण गरेकी हुन् ।

nisarga

काक्रो,फर्सि, साग लगायतको बिउ वितरण गरीएको हो भने सुन्तला लगायत फलफुलका बिरुवा स्थानिय बासिन्दालाई वितरण गरीएको हो । सिलगढी स्थीत नेपाली सेनाको भैरव प्रसाद गणले आयोजना गरेको स्वास्थ्य शिविरको क्रममा बिउ र फलफुलका बिरुवा वितरण गरीएको हो ।