
डडेलधुरा – डडेलधुरामा एक बालकको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ । जिल्लाको आलीताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको हत्या गरेर खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको हो ।
घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा रहेको शव उत्खनन् गरेर निकालिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसुमबहादुर नायकले बताए ।उनका अनुसार घटनाको अनुसन्धानको लागि मृतक बालककी आमा ३४ वर्षीया कलामती बोहरा र सौतेनी आमा ३० वर्षीय जानकी बोहरालाई नियन्त्रणमा लिइएको छ ।

मृतक बालक बोहरा १२ पुसदेखि घरपरिवारको सम्पर्कमा थिएनन् । उनको परिवारले समेत उनी हराएको प्रहरीलाई जानकारी दिएका थिएनन् । बालकको हत्या गरेर शव खाल्डोमा पुरिएको शंका लागेपछि विज्ञ टोली लिएर प्रहरीले उत्खनन् गर्दा शव फेला परेको हो ।













