Attariya Hospital Pvt.Ltd.

महाकालीमा फसेका २० मजदुरको उद्धार

padma
milan sunchadi

अत्तरिया – कञ्चनपुरको महाकाली नदीमा फसेका २० जना मजदुरको उद्धार गरिएको छ। भीमदत्त नगरपालिका–११ भुजेला स्थित महाकाली नदीमा फसेका ८ जना ट्याक्टर चालकसहित २० जना मजदुरको कञ्चनपुर प्रहरीले आज उद्धार गरेको हो।

महाकाली नदीबाट बालुवा गिट्टी ल्याउँदै गरेका ८ वटा ट्याक्टरहरु वनबासा पुलका ढोका खोल्दा महाकाली नदीको बहाव अचानक बढ्न गएर नदीको बीच भागमा डुबेका थिए।

वनबासा व्यारेज पुलसँग समन्वय गरेर पुलका ढोका बन्द गर्न लगाई इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले महालीमा फसेका मजदुरहरुको उद्धार गरेको हो।

Nawadurga
Leave A Reply

Your email address will not be published.