Attariya Hospital Pvt.Ltd.

कञ्चनपुरमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु

padma
milan sunchadi

कञ्चनपुरमा ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।

बेलौरीतर्फ जाँदै गरेको से ७ प ५३८४ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको ट्रयाक्टरले ठक्कर दिदा मोटरसाइकल चालक बेदकोट नगरपालिका ९ दैजीका २७ वर्षीय सुकराम रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका रानाको बेलौरीस्थित इशान मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनापछि फरार भएका ट्रयाक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.