Attariya Hospital Pvt.Ltd.

छ लेन सडकमा स्मार्ट बत्ती जडान गरिँदै

padma
milan sunchadi

धनगढी – सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीस्थित छ लेन सडकमा स्मार्ट सडक बत्ती जडान गर्न लागिएको छ। सो सडकमा रात्रिकालीन समयमा हुने दुर्घटना न्यूनीकरणका लागि सात–सात किलोमिटर दूरीमा स्मार्ट सडक बत्ती जडान गर्न लागिएको हो। वडा नम्बर ३ को मोहना पुलदेखि वडा नम्बर १३ को धनगढी विमानस्थल गेटसम्म स्मार्ट सडक बत्ती जडानको कार्य भइरहेको धनगढी उपमहानगरपालिकाको कार्यालयले जानकारी दिएको छ।

सो कार्यालयका अनुसार २१६ पोलमा ४३२ वटा लाइट जडान हुनेछन्। दुई करोड ६८ लाख रुपियाँ खर्चेर सडक बत्ती निर्माणको कार्य भइरहेको वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले जानकारी दिए।

स्मार्ट सडक बत्तीमा रात पर्दै गएपछि आफैँ बल्दै जाने र उज्यालो भएपछि आफैँ निभ्ने ‘सेन्सर’ जडान गरिएको छ। माघ अन्तिमबाट बत्ती बाल्ने गरी स्मार्ट सडक बत्ती जडान कार्य भइरहेको छ। सो कार्य सूर्योदय ऊर्जा प्रालिले गरिरहेको छ।

Siddi ganesh

नेपाल विद्युत् प्राधिकरण ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको साझेदारीमा धनगढी उपमहानगरपालिकाले स्मार्ट सडक बत्ती जडान गरिरहेको हो। यो बत्ती बलेबापत उठ्ने विद्युत् महसुल धनगढी उपमहानगरपालिकाले तिर्ने जनाइएको छ।

छ लेन सडक निर्माणपछि सडक दुर्घटनामा धेरैले सो क्षेत्रमा ज्यान गुमाइसकेका छन्। छ लेनमा रहेको डिभाइडर र सडकमा बस्ने छाडा चौपायामा सवारी साधन ठोक्किएर दुर्घटना हुने गरेको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.