

धनगढी – कैलालीको लम्की चुहा नगरपालिकमा छोराले आफ्नै आमामाथि बन्चरो प्रहार गरेका छन् ।सोमबार राति लम्कीचुहा नगरपालिका वडा नम्बर ६ बगमारा बस्ने बिषराम थारुले आफ्नै आमामाथि बन्चरो प्रहार गरि हत्या गरेका हुन् ।
प्रहरीका अनुसार अन्दाजी ४० वर्षिय श्रिरामले ७१ वर्षिया लगनि थरुनिमाथि बन्चरो प्रहार गरी घाइते बनाएका थिए ।थरूनिको नवजिवन अस्पताल धनगढिमा उपचारका क्रममा मृत्यु भएको किैलाली प्रहरी प्रवक्ता वेदप्रकाश जोशीले बताए ।
घटनामा संलग्न रहेका श्रीरामलाई अस्थायी प्रहरी पोष्ट चुहाले देउराली सामुदायिक वनबाट पक्राउ गरेको छ । प्रहरी नियन्त्रणमा रहेका उनीमाथि अनुसन्धान जारी रहेको छ ।
