

धनगढी – कञ्चनपुरमा नाबालिकामाथि बलात्कार गरेको आरोपमा अनाथालयका प्रमुख पक्राउ परेका छन् ।
सदरमुकाम महेन्द्रनगरस्थित महाकाली बाल अनाथालयका प्रमुख शंकरबहादुर चन्दलाई बलात्कार आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) चक्रबहादुर शाहले जानकारी दिए ।
उनकाअनुसार अनाथालयमा आश्रित १४ वर्षीया र १६ वर्षीया नाबालिकामाथि बलात्कार गरेको अभियोगमा चन्दलाई मंगलबार बिहान पक्राउ गरिएको हो । अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
