

धनगढी – कैलालीको धनगढीमा एक युवकमाथि सामूहिक आक्रमण भएको छ। बुधवार धनगढीको कभर्ड हल नजिकै धनगढी उप महानगरपालिका- ५ शिवनगर बस्दै आएका वसन्त जेठारामाथि सामूहिक आक्रमण भएको हो।
जेठारामाथि आक्रमण गर्ने समूहका निषेध धामीलाई प्रहरीले पक्राउ गरेको र अन्य ९ जना फरार रहेको बताइएको छ। धामीसहित १० जनाको समूहले जेठारामाथि आक्रमण गरेका थिए।
जेठाराले आफूमाथि बिना कारण कुटपिट भएको बताएका छन्। उनले आफू एक्लै सडकमा हिडिरहेको बेला उनीहरूको बोलाएको र आफूले के हो भाइ ? भनेर जवाफ फर्काउदा एक्कासी आक्रमण गरेको बताइएको छ।

उनलाई धनगढीको बाल्मीकी स्कुलदेखि लखेट्दै टिसिएन चोकसम्म पुर्याइएको थियो। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। जेठाराको मुख, टाउको र शरिरमा चोट लागेको छ। कुटपिटमा संलग्नहरूमाथि मुद्धा दर्ता गरेर अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ।
