Attariya Hospital Pvt.Ltd.

भारतबाट फर्किएका युवक धनगढीको होटलमा मृत फेला

padma
milan sunchadi

धनगढी – भारतबाट फर्किएका कैलालीका युवक होटलमा मृत फेला परेका छन् ।

बिहीबार बिहान भारतबाट फर्केका मोहन्याल गाउँपालिका–१ का ३९ वर्षीय प्रकाश घर्तीमगर धनगढी बसपार्कस्थित चन्द्रदीप मिलन बोगटान होटलमा मृत भेटिएका हुन् ।

प्रकाश होटलको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । भारतको रत्नागिरिबाट उनी बिहान ९ बजे होटलमा पुगेका थिए ।

Siddi ganesh

शौचालयबाट धेरै बेरसम्म नफर्किएपछि उनीसँगै आएका बर्दगोरिया गाउँपालिका बौनियाका छत्रबहादुर चन्दले प्रहरीलाई खबर गरेका थिए । मृतककी श्रीमती गंगादेवी घर्तीमगरका अनुसार प्रकाश गत मंसिरमा कामको खोजीमा भारत गएका थिए ।

बाटोमा भेट भएर सँगै नेपाल फर्किएका छत्रबहादुरका अनुसार भारतमा प्रकाश कार्यरत आपको बगैंचाका मालिकले मानसिक अवस्था ठीक नभएको भन्दै घर पठाएका थिए । यसअघि गंगादेवी पनि श्रीमानसँगै भारतमा काम गर्दै आएकी थिइन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.