तराईमा बिहानैदेखि हुस्सु

Image
maya metro

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुने सम्भावना छ।

nisarga

यस्तै प्रदेश १ को उच्च पहाडी र हिमाली भागमा हल्का हिमपातसमेत हुने सम्भावना छ। बाँकी स्थानको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

आज राति देशका पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना छ। तत्काल देशभर वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

यस्तै आइतबार र सोमबार प्रदेश नं. १ , गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हिमपात हुने र हुस्सु लाग्ने स्थानको जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।