अत्तरिया – सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले ट्रकलगायत ठुला सवारीसाधनहरुमा जडान गरिएका प्रेसर हर्न र मोडिफाई गरिएका मोटरसाइकलको साइलेन्सर निकाल्न सुरु गरेको छ।
कार्यालयका अनुसार ध्वनि प्रदुषण नियन्त्रण गर्नका लागि प्रेसर हर्न र मोडिफाई गरिएका मोटरसाइकलका साइलेन्सर निकाल्न सुरु गरिएको हो। अहिलेसम्म ५७७ वटा ठुला सवारी साधनको प्रेसर हर्न निकालेर चालकलाई सम्झाई बुझाई छाडिएको कार्यालयले जनाएको छ ।
यस्तै स्वरुप परिवर्तन गरिएका १ सय २३ वटा मोटरसाइकलको पनि साइलेन्सर निकालिएको छ। साइलेन्सरमा प्वाल पारेर चलाउदा ध्वनि प्रदुषण हुने गरेको छ। प्रदेश प्रहरी कार्यालय र मातहतका वडा एरियाहरुले अभियानकै रुपमा यस्तो कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।