Attariya Hospital Pvt.Ltd.

स्याउलेमा जारी महायज्ञको समापन

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ स्थीत स्याउलेमा आयोजीत महायज्ञको समापन गरीएको छ । गौशाला निर्माणको उदेश्य सहित माघ १५ गतेदेखी स्याउलेको विश्वनाथ महादेव मन्दिरमा आयोजना गरीएको महायज्ञको आाज एक कार्यक्रमका बिच समापन गरीएको हो । महायज्ञका संयोजक गोपाल देउवाको सभापतित्वमा आयोजित समापन कार्यक्रममा सुदूरपश्चिम प्रदेशकि सांसद खेमा विष्ट प्रमुख अतिथी रहेकी थिईन् ।

 

समापन कार्यक्रममा बोल्दै सांसद विष्टले गौशाला निर्माणकालागी महायज्ञको आयोजना गर्नु महान कार्य भएको बताईन् । उनले पछील्लो समय दुध दिन छोडीसकेपछी गाईहरुलाई सडकमा छोड्ने क्रम बढेको भन्दै त्यसो नगर्न आग्रह गरीन । हिन्दु धर्म अनुसार गाईको महत्व ठुलो रहेको उनले बताईन् । गौशाला निर्माणकालागी प्रदेश सरकारबाट आफुले सक्ने सहयोग गर्ने उनले प्रतिवद्धता जनाईन् ।

 

महायज्ञका संयोजक गोपाल देउवाले महायज्ञ सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले अपेक्षा अनुरुप नै काम भएको बताँउदै गौशाला निमार्णको काममा आगामी दिनमा पनी सहयोग गर्न सबैलाई आग्रह गरे । एकहप्ता चलेको उत्त महायज्ञका दौरानमा भत्तजनहरुको बाक्लो उपस्थीती रहेको थियो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.