Attariya Hospital Pvt.Ltd.

गोदावरी नगरपालीकाद्धारा दृष्टि फाउन्डेसनलाई सहयोग

padma
milan sunchadi

अत्तरिया – कैलालीको गादावरी नगरपालीकाले धनगढीमा रहेको दृष्टि फाउन्डेसनलाई सहयोग गरेको छ । नगरपालीकाले खाधन,लुगाकपडा लगायत दुई लाख पचास हजार बराबरका सामग्री सहयोग गरेको हो । उत्त सामग्री गोदावरी नगरपालीकाका प्रमुख विरेन्द्र भट्टले दृष्टि फउन्डेसनकी सञ्चालिका कल्पना भट्टलाई हस्तान्तरण गरेका हुन् ।

सामग्री हस्तान्तरण गर्दै प्रमुख भट्टले सार्वजनीक स्थलमा कष्टकर जीवन बिताईरहेका,बेसहारा तथा मानसिक सन्तुलन गुमाएका बिरामीहरुलाई एकत्रित गरेर दृष्टि फउन्डेसनले उत्कृष्ट कार्य गरेको बताए । भट्टले यो काम सजीलो नभएको भन्दै सहयोग गर्नु आफुहरुको कर्तव्य रहेको बताए । दृष्टि फाउन्डेसनमा ार्वजनीक स्थलमा कष्टकर जीवन बिताईरहेका,बेसहारा तथा मानसिक सन्तुलन गुमाएका महिलाहरु तथा असहाय बालबालीका आश्रित छन् ।

Siddi ganesh

Nawadurga
Leave A Reply

Your email address will not be published.