डडेल्धुरामा एक जना मृत फेला

Image
maya metro

डडेल्धुरा – डडेल्धुरामा एक जना मृत फेला परेका छन्। जिल्लाको भागेश्वर गाउँपालिका–४ धिमलाका ४२ वर्षीय गोपाल साउँद मृत फेला परेका हुन्।

अमरगढी नगरपालिका–५ बागबजार डेरा गरी बस्ने साउँद सोही ठाउँस्थित ऋषिखोला सामुदायिक वनमा बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ।

nisarga

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।