

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाले सरसफाइ गाडी खरिद गरेको छ। उपमहानगरपालिकाले नगर सरसफाइ प्रयोजनका लागि ‘गार्बेज कम्प्याक्टर’ नामक सरसफाइ गाडी खरिद गरेको जनाएको छ।
साथै पालिकाले एक ट्याक्टर र ट्रली पनि खरिद गरेको जनाएको छ। सरसफाई गाडी ५७ लाख र ट्याक्टर र ट्रली १२ लाख १ हजार लागतमा खरिद गरेको उपमहानगरले जनाएको छ। सरसफाइ गाडी र ट्याक्टर कार्यालयमा ल्याइसकेको र ट्रली एकहप्ता भित्र पुग्ने जनाएको छ।
