

अत्तरिया – कैलालीको गोदावरीबाट लागु औषध सहित ३ जना पक्राउ परेका छन । प्रदेश प्रहरी कार्यालय धनगढीको आरआईटी टोली र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटीएको संयुक्त प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बझाङ बुङ्गल नगरपालिका -२ घर भई हाल गोदावरी नगरपालिका -४ गौरीगडा बस्ने गगने धामी रहेका छन । उनको साथबाट चरेश जस्तो देखिने कालो बस्तु ४ के.जि. बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै प्रहरीले गोदावरी नगरपालिका -१ बाँसबारी टोलबाट पुष्पराज पुनमगरको घरमा डेरा गरी बस्ने चुरे गाउँपालिका – कि निर्मला कुमारी रावतको साथबाट ३ ग्राम १६० मिली ग्राम लागु औषध खैरो हेरोईन बरामद गरेको छ ।

यस्तै गोदावरी नगरपालिका -१ धनगढी रोड बस्ने राजन हमाललाई नियन्त्रणमा लिई उनको घरबाट १ ग्राम ३४० मिलिग्राम लागु औषध खैरो हेरोईन बरामद गरेको छ । पक्राउ परेका सबैलाई ईलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।
