Attariya Hospital Pvt.Ltd.

टीकापुर अस्पतालबाट ११ महिनामा ४६ हिंसापीडितले सेवा पाए

padma
milan sunchadi

कैलाली – कैलालीको टीकापुर अस्पतालबाट ११ महिनामा ४६ हिंसापीडितले उपचार सेवा लिएका छन्।

लैङ्गिक हिंसालाई प्रभावकारी र दक्षतापूर्वक सम्बोधन गर्नका लागि सरकारले अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र अर्थात् ओसिएमसी कार्यक्रम सञ्चालन गरेको छ। अस्पतालमा गत वर्ष १९ र चालु वर्षको अहिलेसम्म २७ महिलाले उपचार सेवा लिएका छन्। अस्पतालमा उपचारमा आउनेमा बालिकादेखि ज्येष्ठ नागरिक महिलासम्म छन्।

अस्पतालमा हिंसामा परेर उपचारमा आउनेमा बलात्कार तथा यौनजन्य हिंसा र कुटपिटका घटनामा परेका बढी आउने गरेका टीकापुर अस्पतालका वरिष्ठ नर्सिङ अधिकृत तथा ओसिएमसीका संयोजक कलावती तिमिल्सिनाले बताइन्। “नौ वर्षमाथिका बालिका उपचारमा आएका छन्। हिंसामा परेर उपचारमा आउनेमा अधिकांश बलात्कार तथा यौनजन्य हिंसामा परेका छन्”, उनले भनिन् “त्यसबाहेक श्रीमान्ले पिटेर चोटपटक लागेका बढी आएका छन्। हिंसामा परेका मानसिकरूपमा समेत कमजोर भएका हुन्छन् ।”

Siddi ganesh

विसं २०६९ देखि सुरु भएको सो कार्यक्रम हाल ७७ जिल्लाको ८८ अस्पतालमा विस्तार भइसकेको छ। ओसिएमसी कार्यक्रम लागू भएको १० वर्ष पुगेको छ। अस्पतालमा यो कार्यक्रम सञ्चालन भएपछि हिंसापीडितलाई उपचार र न्याय लिन सहज भएको स्वास्थ्यकर्मी नै बताउँछन्। टीकापुर अस्पतालमा विसं २०७८ फागुनबाट ओसिएमस सञ्चालनमा आएको हो।

ओसिएमसीका संयोजक तिमिल्सिना महिला आफ्ना खुट्टामा नउभिएका वा आत्मनिर्भर नभएका कारण हिंसा सहन बाध्य भएको बताउछन्। “बालिकामाथि यौनजन्य हिंसा हुनुमा समाजमा आपराधिक मानसिकता भएकाहरू छन् भन्ने बुझाउँछ”, उनले भनिन्,“१९ देखि ४९ वर्ष उमेर समूहका महिला बढी हिंसामा परिरहेको तथ्याङ्कले देखाएकाले महिला आर्थिकरूपमा सक्षम र आत्मनिर्भर नभएकाले हिंसामा परिरहेका छन् भन्ने लाग्छ।”

ओसिएमसी भनेको अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र हो। लैङ्गिक हिंसामा परेका व्यक्ति अस्पताल आएपछि उनीहरूलाई चाहिने सबै सेवा एकद्वार प्रणालीबाट उपलब्ध गराइन्छ। टीकापुर अस्पतालले यहाँ नभएका सेवाका लागि हिंसापीडित महिलालाई धनगढी सेती अञ्चल अस्पताल पठाउने गरेको छ ।

 

“अस्पतालले यहाँ उपचार सम्भव नभएकालाई थप उपचारका लागि बाहिर पठाउँदा बिरामी र बिरामीका एकजना आफन्तलाई गाडी भाडासमेत उपलब्ध गराउने गरेकोछ”, टीकापुर अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले बताए। “यहाँबाट अन्यन्त्र पठाउँदा पनि सबैसँग समन्वय गरेर पठाइन्छ। जहाँ पीडितले एकै ठाउँबाट सबै सेवा पाउँछ। पीडितको सुरक्षाको ग्यारेण्टी हुन्छ।”

 

अस्पतालले स्वास्थ्योपचार, मनोसामाजिक परामर्श, चिकित्सकीय कानुनी सेवा, सुरक्षा, आश्रय, कानुनी उपचार र पुनःस्थापना केन्द्र निःशुल्करूपमा उपलब्ध गराउँदै आएको छ। अस्पतालमा ओसिएमी भएपछि अनुसन्धानमा समेत सहयोग पुगिरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक सुरजबहादुर खड्काले बताए।

रासस

Nawadurga
Leave A Reply

Your email address will not be published.