Attariya Hospital Pvt.Ltd.

गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय

padma
milan sunchadi

काठमाडौँ – कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रस्ताविक गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञानसम्बन्धी विशिष्टिकृत विश्वविद्यालयको रुपमा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्नु उपयुक्त हुने निर्णय गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो विश्वविद्यालयसम्बन्धी विधेयक तर्जुमा गर्नेछ। विधेयक संसदबाट पारित भएपछि विश्वविद्यालय स्थापना हुनेछ।

घोषणाको ८ वर्षपछि २०७४ बैशाखमा आएर मात्रै गेटामा पूर्वाधार विकासको काम थालिएको थियो। अहिलेसम्म गेटा मेडिकल कलेजका २९ संरचनाको काम सकेर निर्माण कम्पनीहरूले मेडिकल पूर्वाधार विकास समितिलाई हस्तान्तरण गरेका छन्। १० वटा संरचना आगामी असारमा सक्ने लक्ष्य रहेको मेडिकल पूर्वाधार विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताए। ‘अहिलेसम्म २९ वटा संरचना निर्माण सम्पन्न गरेर निर्माण कम्पनीले समितिलाई हस्तान्तरण गरेका छन्,’ उनले भने, ‘असारसम्म थप १० संरचनाको काम सकिने छ भने ११ वटाको काम अबको एक वर्षमा सकिने छ।’

Siddi ganesh

गेटा मेडिकल कलेजमा ६ वटा प्याकेजको काम भइरहेको छ। भवनतर्फ नर्सिङ छात्रावास, आवासीय भवन र पर्खाल निर्माणको काम आगामी असारमा सम्पन्न हुनेछ। यस्तै, पहिलो प्याकेजको फर्निचर र विद्युत सव–स्टसनको काम पनि असारमा पूरा हुनेछ। मेडिकल कलेजमा पानी प्रणालीको जडान कार्तिकबाट सुरु भएको छ भने ४ सय जना अटाउने वहुद्देशीय हल, एक÷एक छात्रवास र छात्रावास तथा भिआइपी आवासीय भवनको काम आगामी असोजसम्म पूरा हुने कार्यकारी नर्देशक पुजाराले बताए।

५१ दशमलव ८ हेक्टर क्षेत्रफलमा संरचना निर्माण भइरहेको गेटा मेडिकल कलेज परिसरमा ८ किलोमिटर सडक निर्माण गर्न टेण्डर भएर सम्झौताको चरणमा रहेको छ। आगामी एक वर्षभित्र आन्तरिक सडक कालोपत्र गर्ने, ढल निकास, फुटपाथ, शाखा सडक र सडक बत्ती जडान गर्ने र जमिन सम्याउने काम सकिनेछ। फर्निचरको दोस्रो फेज र फोहर व्यवस्थापन प्लान्ट निर्माणको काम भने सुरु भएको छैन। २०८० को चैतसम्म सम्पूर्ण भौतिक पूर्वाधारको काम पूरा हुने कार्यकारी निर्देशक पुजाराले बताएका छन्। ‘गुरूयोजनाअनुसार आर्थिक वर्ष २०८०/०८१ मा गेटामा सबै पूर्वाधारको काम सक्ने लक्ष्य राखिएको थियो,’ उनले भने, ’अहिलेसम्मको अवस्था हेर्दा २०८० को चैतसम्म गुरूयोजनामा उल्लेख ५२ वटै संरचनाको काम पूरा हुनेछ।’

गेटा मेडिकल कलेजको निर्माण थालनी हुँदा शैक्षिक सत्र २०७६/०७७ बाट पठनपाठन सुरू गर्ने लक्ष्य थियो। हरेक वर्ष १०० जना स्वास्थ्य जनशक्ति उत्पादन गर्ने मेडिकल कलेज ६ सय शय्याको हुने बताइएको थियो। पूर्वाधार विकासमा ८ अर्ब बढी लागत अनुमान भएको गेटा मेडिकल कलेजको निर्माण र सञ्चालन सुदूरपश्चिमको सपनाको योजना हो।

Nawadurga
Leave A Reply

Your email address will not be published.