
डोटी – डोटीको सिलगढी स्थीत नेपाली सेनाको भैरव प्रसाद गणको आयोजनामा अन्तर विद्यालय दौड प्रतियोगिता हुने भएको छ । सेना दिवशको अवसर पारी फाल्गुन ५ गते अन्तर विद्यालय दौड प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा विद्यालयबाट १ छात्र र १ छात्रा गरी कक्षा ८ देखी १० सम्मका २ जना विधार्थी सहभागी हुन पाउने भैरव प्रसाद गणका गणपति जनमत कार्कीले बताए
प्रतियोगितामा सहभागी हुने प्रत्येक विधार्थीलाई प्रतियोगिताको टि–शर्ट उपलब्ध गराउनुका साथै प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय हुनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा सहभागी हुन फागुन ३ गते देखि ४ गते सम्म नाम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ ।

फागुन ५ गते बिहान ७ बजे देखि सन्चालन हुने प्रतियोगिताको रुट पैंयु देखि टुडिखेल सम्म ( ५किलोमीटर ) हुने छ। साथै सोही दिन जिल्ला स्थित सम्पुर्ण कार्यालयका प्रमुख ,पत्रकार लगायतको पनि (वाकाथुन) रन फर फन प्रतियोगिता पनि सन्चालन हुने छ ।














