

धनगढी – धनगढी उपमहानगरपालिकाले सार्वजनिक शौचालय डिजाइन प्रतियोगिता गराउने भएको छ। उपमहानगरले नेपाल आर्किटेक्ट इन्जिनियर्स एसोसिएसनलाई प्रतियोगिता गराउने जिम्मा दिएको हो।
प्रतियोगितामा पहिलो र दोस्रो हुने नमुनालाई नगद पुरुस्कारको व्यवस्था गरिएको छ। उपमहानगरपालिकाले प्रस्तावित सार्वजनिक शौचालयको डिजाइन प्रतियोगिताका लागि नेपाल आर्किटेक्ट इन्जिनियर्स एसोसिएसनले २१ दिने सूचना निकालेको छ।
प्रतियोगितामा प्रथम र दोस्रो हुने शौचालयको नमुनालाई धनगढी उपमहानगरपालिकाले क्रमशः १ लाख २५ हजार र ७५ हजार पुरस्कार प्रदान गर्ने छ।
