Attariya Hospital Pvt.Ltd.

लम्कीचुहा नगरपालिकाका ईन्जिनियरमाथि हातपात

padma
milan sunchadi

लम्की – कैलालीको लम्कीचुहा नगरपालिकाका ईन्जिनियर प्रशान्त अधिकारीमाथि हातपात भएको छ । बिहान अधिकारीको कार्यकक्षमै हातपात भएको लम्कीचुहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाले जानकारी गराए ।

योजनाको बिल उठाउने विषयलाई लिएर ईन्जिनियर अधिकारीलाई लम्कीका ठेकेदार प्रकाश शाहीले हातपात गरेको लम्कीचुहा नगरपालिकाकाले जनाएको छ । कर्मचारीहरु पेनडाउन गरेर आन्दोलित भएका छन । ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख शंकर खड्काले घटनाको बारेमा अनुसन्धान भइरहेको बताएका छन ।

Nawadurga
Leave A Reply

Your email address will not be published.