

धनगढी – धनगढीमा लागुऔषधसहित श्रीमान श्रीमती पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका–१० बाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१५ बस्ने २३ वर्षीय हुकुम राना र उनकी श्रीमती २३ वर्षीया निलु चौधरी रहेका छन् ।
उनीहरुको साथबाट ८५० मिलिग्राम लागुऔषध बरामद गरिएको छ । अस्थायी प्रहरी पोष्ट जुगेडाको उनीहरुलाई सुदूरपश्चिम प्रदेश ०१–००९ प २५८३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा लागुऔषध फेला परेको थियो ।
