ईप्रका मालाखेतीमा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार अत्तरिया क्षेत्रमा हरेका विभीन्न सरकारी तथा गैरसरकारी संघसँस्थाका प्रतिनिधीरराजनीतीक दलका प्रतिनिधी तथा सर्वसाधारणको उपस्थीतीमा कार्यक्रम सम्पन्न गरेको हो । ईप्रका मालाखेतीको प्रमुखको रुपमा रहेका रविन्द्रराज पाण्डेयको सरुवा भएपछी प्रहरी नायब उपरीक्षक(डिएसपी)गणेश बहादुर बराल भर्खरै उपस्थीत भएपछी उत्त कार्यक्रमको आयोजना गरीएको हो । कार्यक्रममा उपस्थीत भएका अधिकांश व्यत्तिले अत्तरिया क्षेत्रको शान्ति सुरक्षा, अमनचयन कायम गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै ट्रक यातायात व्यवशायी संघका संयोजक मेघराज भट्टले अत्तरिया बसपार्कलाई व्यवस्थीत गर्नुपर्ने बताए ।

उनले चालक सहचालकको व्यवहारले यात्रु आजीत हुने गरेको बताँउदै सभ्य रुपमा प्रस्तुत हुन आग्रह गर्नुपर्ने बताए । अत्तरिया क्षेत्रमा वेश्यावृत्ती मौलाउँदै गएको बताँउदै सामाजिक अभियन्ता दुर्गा कुमार पोखरेलले यसलाई नियन्त्रण गर्नुपर्ने बताए । गोदावरी होटल व्यवशायी संघकी अध्यक्ष धना देवी चोखालले होटल व्यवशाय निर्धक्कका साथ गर्न पाउनुपर्ने बताईन् । वेश्यावृत्ती गर्दै आएको कतिपय होटल व्यवशायीहरु दर्ता नै नभएको भन्दै सम्बन्धीत निकायलाई नियमन गर्न उनले आग्रह गरीन् ।

अत्तरिया क्षेत्रमा चोरीका घटनाहरु बढेको,दिउँसै व्यवशायीमाथी गोली प्रहार भएको तर अहिलेसम्म अपराधी पत्ता नलागेको,लागु औषध प्रयोग तथा बिक्री बढ्दै गएको प्रति अधिाकाशंले प्रहरीको ध्यानाकर्षण गराएका थिए । नागरिकका प्रतिक्रियाको जवाफ दिदैँ डिएसपी गणेश बरालले शान्ति सुरक्षा कायम गर्न सबैले सहयोग गर्नेमा आफु आसावदी रहेको बताए । उनले नागरिक पनी बर्दीबिनाको प्रहरी नै भएकोले हरेक कुरामा चनाखो भएर बस्नुकासाथै प्रहरीलाई सकरात्मक सहयोग गर्नुपर्ने बताए ।

अपराध भएपछी अनुसन्धान गर्नुभन्दा अपराध हुन नै नदिनु बेस हुने भन्दै उनले आफ्नो जिउज्यान,व्यापार व्यवशाय लगायत धनसम्पत्तिको ख्याल गर्न आग्रह गरे । समाज सुधारकालागी सञ्चारमाध्यमको भुमीका पनी महत्वपुर्ण भएको उनले बताए । उनले राती १० बजेपछी व्यापार व्यवशाय बन्द गर्नुको अर्थ शान्ति सुरक्षा कायम गर्नु भएको बरालले बताए । त्यसैगरी कार्यक्रममा बोल्दै गोदावरी नगरपालीकाकी उपप्रमुख कुनैपनी तिरबाट आउने दवाबको ख्याल नगरी वास्तवीक अपराधीलाई कार्बाहि गर्न आग्रह गरीन् ।