

अत्तरिया – ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक(डिएसपी) गणेश बहादुर बरालले अत्तरियामा भएको गोलीकाण्डको अनुसन्धान धेरै अघि बढीसककेको बताएका छन् । बिहिबार ईप्रका परिसरमा आयोजना गरीएको परिचयात्मक तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै बरालले गोलीकाण्डको अनुसन्धान धेरै अघि बढीसकेको बताएका हुन् ।
उनले भने “कहिलेकाँहि अनुसन्धानमा समय लाग्न सक्छ,सुटिङ्ग केसमा अनुसन्धान धेरै अगाडी बढेको छ,तपाँइहरु सबैको सहयोगले त्यो अनुसन्धान छिटै पुरा गर्नेछौँ र अपराधी पत्ता लगाउनेछौँ ,म बाचा गर्न चाहन्छु ।” अत्तरियामा रहेको घोडाघाडी सुनचाँदी पसलका संचालक विकास सुनारमाथी पौष ३ गते बेलुकी पसल बन्द गरेर घर जाने क्रममा अत्तरिया बजार नजीकै गोली प्रहार भएको थियो । गोली प्रहारमा घाइते भएका सुनार उपचारपछी घर फर्किएका छन् भने पसल अझै बन्द छ ।
सम्बन्धीत समाचार

अत्तरियामा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार
अत्तरियामा एक पुरुषमाथी गोली प्रहार
अत्तरिया गोलीकाण्ड :यातायात अवरुद्ध
अत्तरियामा भएको गोलिकाण्ड विरुद्ध विरोध प्रर्दशन
सुनारलाई गोली हान्ने व्यक्तिको खोजिगरी कार्वाही गर्न अत्तरिया उधोग वाँणिज्य संघको माग
सातौँ दिन पनी खुलेनन् अत्तरियाका सुनचाँदी पसल
