Attariya Hospital Pvt.Ltd.

सेना दिवसको अवसरमा अन्तर विद्यालय दौड प्रतियोगिता

padma
milan sunchadi

डोटी – डोटीको सिलगढी स्थीत नेपाली सेनाको भैरव प्रसाद गणको आयोजनामा महाशिवरात्री तथा सेना दिवसको अवसरमा प्रथम खप्तड शैलेश्वरी अन्तर विद्यालय दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा छात्र तर्फ सुनादेवी मावि विद्यालय लडागडाका छात्र सुरेश धामी प्रथम भएका छन् भने छात्रा तर्फ पनी सोहि विद्यालयकी बिस्ना साँउद प्रथम भएकी छन्। त्यसैगरी छात्र तर्फ पद्य पब्लीक मुत्ति नारायण मावि सिलगढीका दिलेन्द्र बोहराले द्धितिय स्थान हाँसील गरेका छन् भने छात्रा तर्फ तेडी मावि कलेनाकी अवसरा साँउदले द्धितिय भएकी छन् ।

 

छात्र तर्फ पवित्र आवासिय मावि सिलगढीका टेकेन्द्र कडायत र छात्रा तर्फ अरुणोदय आधारभुत विद्यालय उडितोलाकी सपना विश्वकर्मा तृतिय भएका छन् । प्रतियोगितामा १० ओटा विद्यालयका २० जना छात्रछात्राको सहभागीता रहेको थियो । प्रतियोगितामा प्रथमलाई एक हजार पाँच सय रुपैँया नगदका साथै मेडल तथा प्रमाणपत्र उपलब्ध गराईएको थियो । त्यसैगरी द्धितिय पुरुस्कार एक हजार रुपैँया नगद मेडल तथा प्रमाणपत्र प्रदान गरीएको थियो भने सान्त्वना पुरुस्कार पाँच सय रुपैँया नगद र मेडल तथा प्रमाणपत्र रहेको थियो ।

 

त्यसैगरी आजै सम्पन्न वाकाथुनमा पुरुषतर्फ प्रदिप ओझा र महिलातर्फ सरिता कठायत प्रथम भएका छन् । उनी दुवैजनालाई सान्त्वना पुरुस्कार र प्रमाणपत्र प्रदान गरीएको छ। महाशिवरात्री २६० औँ सेना दिवशको अवसर पारी शुक्रबार उत्त प्रतियोगिता आयोजना गरीएको हो । सोहि अवसरमा एक सतादेखी भैरव प्रसाद गणले विविध कार्यक्रम आयोजना गरेको थियो । प्रतियोगितामा सहभागी हुने प्रत्येक प्रतियोगीलाई प्रतियोगिताको टि–शर्ट उपलब्ध गराईएको थियो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.