बझाङ – बझाङ उपनिर्वाचनमा नेपाली कांग्रेस अगाडि छ । प्रदेशसभा निर्वाचन क्षेत्र १ (१) को लागि भएको उपनिर्वाचनको मतगणनाअनुसार कांग्रेस अगाडि छ ।
कांग्रेस उमेदवार अभिषेकबहादुर सिंहले ६ हजार ८५३ मत पाएका छन् । यस्तै, दोस्रो स्थानमा रहेका नेकपा एमाले उमेदवार दमनबहादुर भण्डारी ६ हजार ७०२ मत प्राप्त गरेका छन् ।
माओवादी केन्द्रका जनक बुढाले दुई हजार ८२२ मत प्राप्त गर्दा नेकपा एसका उमेदवार दिलबहादुर सिंहले दुई हजार ९१ मत प्राप्त गरेका छन् ।
त्यस्तै इलाम(२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन्। उनले मतान्तरसमेत बढाउँदै लगेका छन्।
पछिल्लो मत परिणामअनुसार नेम्वाङले ७ हजार ६५६ मत प्राप्त गरेका छन्।
उनका प्रतिद्वन्द्वी डम्बर खड्काले ५ हजार ३९५ मत ल्याएका छन्। डम्बरभन्दा सुहाङ २२६१ मतले अघि छन्।
त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४ हजार ५८ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार १ सय ६२ मत ल्याएका छन्।
अहिलेसम्म फाकफोकथुम गाउँपालिकाका सबै वडा र चुलाचुली गाउँपालिकाका १,२ र ३ नम्बर वडा गनिसकिएको छ।
अहिलेसम्म १५ हजार ९६८ मत गनिएको हो। १८९ मत बदर भएको छ।