सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड

Image
maya metro

काठमाडौं  – स्थानीय बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ। अघिल्लो दिन मंगलबार तोलाको १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेकोमा आज प्रतितोला सुनको मूल्य १ लाख ७६ हजार  पुगेको छ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज  प्रतितोला सुन १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ। सुनको भाउ भने सामान्य घटेको छ। आज ५ रुपैयाँले घटेर चाँदी प्रतितोला २ हजार ४५ रुपैयाँ कायम भएको छ।

nisarga

मंगलबार चाँदी तोलाको २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।