सुनको भाउमा नयाँ रेकर्ड

Image
फाइल फोटो
maya metro

काठमाडौं – एक सातामै सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।

अघिल्लो दिनको तुलनामा शुक्रबार मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेको हो ।

nisarga

अघिल्लो दिन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७६ हजार २ रुपैयाँ पुगेको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । यसअघि चैत ७ गते १ लाख ७६ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँ पुगेको छ ।