डा. विश्व पौडेल गभर्नर नियुक्त

Image
maya metro

सरकारले डा. विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्‍ बैठकले उनलाई गभर्नरमा नियुक्त गरेको हो।

nisarga

पौडेल राष्ट्र बैंकको १८औँ गभर्नर नियुक्त भएका सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

केहीबेर अघि मात्रै अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिले डा. विश्व पौडेल, कामु गभर्नर निलम ढुंगाना तिम्सिना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो।

सिफारिस भए अनुसार मंगलवार साँझ बसेको मन्त्रिपरिषद्‍ बैठकले १ नम्बरमा सिफारिस भएका पौडेललाई गभर्नर नियुक्त गरेको हो। गभर्नरबाट महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै गत चैत २५ गतेदेखि राष्ट्र बैंकमा गर्भनर पद खाली थियो।