
अत्तरिया – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ राष्ट्रिय सम्मेलनमा पदाधिकारीमा सर्वाधिक भोट उपमहासचिव कमल जोशीले प्राप्त गरेका छन् ।
उनले जम्मा खसेको मतको ५६.२७ प्रतिशत अर्थात ८१६ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी प्रेमिका शाहीले भने जोशीले भन्दा ३४२ मत कम प्राप्त गरकी छन् ।
शाहीले जम्मा ४७४ मत प्राप्त गरेकी हुन् । पदाधिकारीमा दोस्रोमा महासचिव दिपक धामीले धेरै मत प्राप्त गरेका छन् ।
सम्मेलनमा सर्वाधिक मत ल्याएर स्नेहा केसी ‘म्यान अफ द इलेक्सन’ बनेकी छन् ।
अनुशासन आयोगको सदस्य महिलातर्फ स्नेहा केसी १ हजार २५८ मत प्राप्त गर्दै उनी म्यान अफ द इलेक्सन बनेकी हुन् ।
केसीले जम्मा खसेको मतको ८६.७५ प्रतिशत मत प्राप्त गरेकी छन् ।













