सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ९८ हजार ५ सय

Image
फाइल फोटो
maya metro

काठमाडौं – सुनको मूल्य हालसम्मकै उच्च भएको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १९०० रुपैयाँ वृद्धि भएको हो।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ थियो।

nisarga

आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा २ हजार २५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार २८० रुपैयाँ पुगेको हो।