सुदूरपश्चिमका २० सहित ९७ हिमाल आरोहण निःशुल्क

Image
maya metro

धनगढी – नेपाल सरकारले सुदूरपश्चिम प्रदेशका २० सहित ९७ हिमालमा निःशुल्क आरोहण खुल्ला गरेको छ।

सरकारले सुदूरपश्चिम र कर्णाली प्रदेशका ९७ हिमालमा निःशुल्क आरोहण खुलाएको हो।

nisarga

मन्त्रिपरिषद्को २०८२ साउन १८ गतेको बैठकले आगामी दुई वर्ष अर्थात् २०८४ सम्मका लागि कर्णालीका ७४, सुदूरपश्चिमका २० र दुवै प्रदेशका सीमामा रहेका तीनवटा गरी ९७ वटा हिमालको आरोहण निःशुल्क गरेको छ।

निःशुल्क आरोहणका लागि खुला गरिएकामा अपि, सैपाल, काञ्जिरोवा, कान्टी, जेठी बहूरानीलगायत छन्।

यी ९७ हिमाल आरोहणका लागि हालसम्म विदेशीले १७५ डलरदेखि पाँच सय डलरसम्म रोयल्टी तिर्दै आएका थिए।

आर्थिक हिसाबले पिछडिएको र हिमाल आरोहण पनि कम भएकाले सुदूरपश्चिम र कर्णालीमा हिमाल आरोहण निःशुल्क गरिएको नेपाल सरकारले बताएको छ।