सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घट्यो

Image
फाइल फोटो
maya metro

सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घटेको छ । सुन आज तोलामा सात सय रुपैयाँले घटेर तोलाको एक लाख ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ९६ हजार दुई सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले घटेर तोलाको दुई हजार तीन सय १० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

nisarga