सुनको मूल्य ७०० घट्यो, चाँदीको मूल्य बढ्यो

Image
फाइल फोटो
maya metro

नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला ७०० रुपैयाँ घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

nisarga

चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ बढेर दुई हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।