रास्वपाका वरिष्ठ नेता बालेन शाह अत्तरियामा

Image
maya metro

अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चुनावी अभियान कैलालीको अत्तरिया पुगेका छन् ।

हिजो नेपालगंज पुगेका बालेन बदिर्याको राजापुरबाट हुँदै, अत्तरिया पुगेका हुन् ।

nisarga

बालेनलाई स्वागत गर्न पार्टीका समर्थकहरु अत्तरियास्थित क्षेत्रिय निर्वाचन सम्पर्क कार्यालयमा भेला भएका थिए ।

अत्तरियामा समर्थकहरुसंग छोटो भेट गर्दै शाह धनगढी गएका छन् ।

उनी आजै धनगढी र कञ्चनपुरको पुनर्वास, झलारी र महेन्द्रनगरमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यतालिका छ।

भोलि सुदूरपश्चिमका पहाडी जिल्लातर्फ जाने बताइएको छ ।