
अत्तरिया – कैलालीको गोदावरी-१ अत्तरिया स्थित किड्जोन स्कुलले रसुवाका बाढीपीडितका लागि ९० हजार ३ सय ७० रुपैयाँ सहयोग गरेको छ ।
रसुवामा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो ।

प्याब्सन गोदावरी नगर कमिटी अध्यक्ष एवं विद्यालयका प्रिन्सिपल मदन जोशीका अनुसार विद्यालय परिवारका तर्फबाट सङ्कलन गरिएको उक्त सहयोग रकम प्याब्सन अत्तरिया मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ ।
विद्यालय परिवारले विपत्तिमा परेका नागरिकप्रति दुःख व्यक्त गर्दै आफ्नो सानो सहयोगले पीडितको जीवनमा आशा जगाउने विश्वास व्यक्त गरेको छ ।

















