देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

Image
maya metro

प्रतिनिधिसभाको निर्वाचन अन्तर्गत आज देशभर मतदान सम्पन्न भएको छ। दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदान केन्द्र बाहेक अन्य सबै मतदान केन्द्रमा मतदान सम्पन्न भएको हो।

निर्वाचन आयोगका अनुसार आज मतदान समग्रमा शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ। बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान भएको थियो।

nisarga

यता ओखलढुंगाको माने भन्ज्याङमा स्थानीयले मतदान बहिष्कार गरेका छन्।

त्यस्तै, दाङको बबई गाउँपालिका–७ मलईस्थित देउती मावि (तल्लो मलई) र वडा नम्बर १ मा रहेको जनता मावि जिल्ला मतदान केन्द्रमा भने मतदाताहरूले मतदान नै बहिस्कार गरेका छन् ।