आगलागी हुँदा तीन घर जलेर नष्ट

Image
maya metro

पाँचथर – फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा बुधबार बेलुकी आगलागी हुँदा तीन घर जलेका छन्।

बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागी फैलँदा यहाँका रामजीत राई र मनबहादुर राईका घर जलेका हुन्।
आगलागीमा तीन घरमा रहेको आइएमईको कार्यालयसहित आधा दर्जन बढी पसल जलेको स्थानीयवासी खगेन्द्र राईले बताए।

nisarga

आगलागी नियन्त्रणका लागि फिदिममा रहेका दुई दमकलको सहायता लिइएको थियो। बरभञ्ज्याङ फालेलुङ–६ को केन्द्रका रुपमा रहेको बजार हो। विद्युत् सर्ट भई आगलागी भएको स्थानीयवासीको अनुमान छ।

रासस