एमाले कैलाली अधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक,भोलि मतदान हुने

Image
maya metro

धनगढी – नेकपा (एमाले) कैलालीको निर्वाचन कमिटीले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । जिल्ला अध्यक्ष लगायतका पदाधिकारीमा सहमति जुट्न नसकेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।

यस्तै ४ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको प्रमुख निर्वाचन अधिकृत चक्रराज तिमिल्सेनाले जानकारी दिए । आजै साझ ७:३० देखि ८:३० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने उनले बताए ।

nisarga

आइतबार बिहान ८:३० बजेदेखि १:३० बजेसम्म मतदान हुने कार्यतालिका छ । भने दिउँसो ३ बजेबाट मतगणना हुने निर्वाचन कमिटीले जनाएको छ । मतगणना सकिए लगत्रै निर्वाचन परिणाम सार्वजनिक गरिने छ ।

सहमति नजुटेपछि निर्वाचनको प्रक्रिया शुरू गरिएको हो । जिल्ला अध्यक्षका लागि वर्तमान अध्यक्ष रतन थापा, रणबहादुर चन्द र डेजी पाण्डेले दाबी गरेका छन् । कैलालीमा २२ हजार बढी संगठित सदस्य छन् । आयोजक कमिटी र प्रतिनिधि गरी करिब ५६६ जनाले मतदान गर्नेछन् ।