कर्मचारीमा कोरोना देखीएपछी सेवा बन्द

Image
maya metro

डडेल्धुरा – डडेल्धुराको परशुराम नगरपालिकाका दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ ।

कर्मचारीमा कोरोना पुष्टी भएपछी नगरपालिकाले तीन दिनका लागि अति आवश्यकबाहेकका सेवाहरू बन्द गरेको छ। एक सूचना जारी गर्दै नरपालिकाले आइतबारदेखि मंगलबारसम्म सेवाहरू बन्द गरेको हो।

nisarga

तर, नगरपालिकाको कार्यालय मातहतका अन्य सम्पूर्ण कार्यालयबाट प्रदान गरिने सेवा यथावत् रहने बताइएको छ।

संक्रमण देखिएका कर्मचारीहरू आइसोलेसनमा बसेका छन्।