एमाले कैलाली अधिवेशनः अझै सुरु भएन मतदान

Image
maya metro

धनगढी – नेकपा एमाले कैलालीको अधिवेशनमा  बिहान ८ः ३० मा हुने भनीएको मतदान अझै सुरु हुन सकेको छैन् । अधिवेशन अझै सुरु नगरिएको भन्दै  अधिवेशनस्थलमा तोडफोड गरिएको छ। निर्वाचन समितिले समयमै मतदान सुरु नगरेको भन्दै प्रतिनिधीहरुले निर्वाचन समितिविरुद्ध नाराबाजीसहित तोडफोड गरेका हुन्।

दुई पक्षले प्यानलसहित उम्मेदवारी दर्ता गरेपछि आज बिहानदेखि मतदान गर्ने तालिका थियो। तर निर्वाचन समितिले आवश्यक तयारी पूरा नगर्दा मतदान सुरु हुन नसकेको हो। एमाले कैलालीको अध्यक्षमा रणबहादुरचन्द र रतन थापाले उम्मेदवारी दिएका छन्।

nisarga