पूर्वीचौकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै हातपात

Image
maya metro

डोटी – डोटीको पूर्वीर्चाकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्कामाथि हातपात भएको छ । मंगलबार बिहान साढे ११ बजेतिर खड्काको कार्यकक्षमै गएर हातपात गरेको बताइएको छ ।

पूर्वीचौकी गाउँपालिका वडा नम्बर ५ निवासी भुवन कठायतले कार्यकक्षमै गालीगलौच गर्दै हातपात गरेको जनाइएको छ। उनले प्रशासकीय अधिकृतको कार्यालयको ल्यापटप समेत तोडफोड गरेको पूर्वीचौकी गाउँपालिकाले जनाएको छ।

nisarga

हातपातबाट अधिकृत खड्काको शरीरमा चोटपटक समेत लागेको जनाइएको छ । हातपातपछि कठायत फरार रहेको बताइएको छ । दोषिमाथि कडा कारवाही नभएसम्म कार्यालयबाट प्रवाह हुने सम्पूर्ण कामकाज बन्द गरिने गाउँपालिकाले जनाएको छ।