खुटियामा महिलालाई ठक्कर दिएर मोटरसाइकल चालक फरार

Image
maya metro

अत्तरिया – कैलालीको खुटियामा मोटरसाइकलले ठक्कर दिँदा एक महिला घाइते भएकी छन्।

आइतबार साँझ साढे ५ बजेतिर गोदावरी नगरपालिका–८, खुटियामा मोटरसाइकलको ठक्करबाट ७२ वर्षीया तारा धामी घाइते भएकी हुन्।

nisarga

अल्फाबेट नखुलेको ४२६९ नम्बरको मोटरसाइकलले धामीलाई ठक्कर दिएर चालक फरार भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ।

घाइते धामीको धनगढीस्थित निर्सग अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

फरार मोटरसाइकल चालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।