अर्थविद् डा. गिरीराज कडायतले हासिल गरे अर्थशास्त्रमा विद्यावारिधि

Image
maya metro

अत्तरिया – सुदूरपश्चिमका शैक्षिक व्यक्तित्व तथा अर्थविद् डा. गिरीराज कडायतले अर्थशास्त्र विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका छन् ।

कैलालीको अत्तरिया निवासी कडायतले भारतको उत्तर प्रदेशस्थित महात्मा ज्योतिबा फुले रोहिलखण्ड विश्वविद्यालय (MJPRU) बाट अर्थशास्त्र विषयमा विद्यावारिधि उपाधि हासिल गरेका हुन् ।

nisarga

उक्त विश्वविद्यालयले भारतको राष्ट्रिय मूल्यांकन तथा प्रत्यायन परिषद् (NAAC) बाट प्रतिष्ठित A++ स्तरको मान्यता प्राप्त गरेको छ ।

कडायत दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख तथा लोटस आई अंग्रेजी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन्  ।

शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका उनी राष्ट्रिय शिक्षा पुरस्कारबाट समेत सम्मानित भइसकेका छन् ।