
अत्तरिया – ‘जसको कोही छैन, उसको नेपाली कांग्रेस’ भन्ने मूल नारासहित गोदावरीका विभिन्न परिवारलाई खाद्यान्न, कपडा तथा नगद सहयोग गरिएको छ।
नेपाली कांग्रेसको कैलाली-४ को उक्त अभियानअन्तर्गत गोदावरीका विभिन्न तीन परिवारलाई खाद्यान्न, कपडा तथा नगद सहयोग गरिएको हो।

कार्यक्रममा नेपाली कांग्रेस गोदावरी नगर सभापति रविन्द्र शाही ‘गुड्डु’, नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सचिव जयराज फुलारा, युवा नेता पदम ओझा, नारायण रावल तथा अभियानकर्ता स्वयं योगेश भट्टको उपस्थिति रहेको थियो।















