गोदावरीको निर्माणाधिन भवन पुनः उद्घाटन गर्ने ६ राजनीतिक दलको घोषणा

Image
maya metro

अत्तरिया – गोदावरीको निर्माणाधिन भवन पुनः उद्घाटन गर्ने ६ राजनीतिक दलले घोषणा गरेका छन । गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिह साउँदले निर्माण नभइ भवनको उद्घाटन गरेको भन्दै ६ दलले भवन निर्माण सम्पन्न भएपछि पुनः उद्घाटन गर्ने घोषणा गरेका हुन ।

नेपाली कांग्रेस गोदावरी नगर समितिका सचिव एवम् प्रवक्ता अशोक राज देवकोटाले भवन उद्घाटन गर्ने सूचना पाएपछि एक दिन अगाडी नै कांग्रेसले नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको बताए ।

nisarga

‘नगरपालिकाको भबन अधुरो नै रहेको ,निर्माण ठेकेदार कम्पनीले भबन हस्तान्तरण नगरेको शहरी डिभिजन कार्यालयले निर्माण सम्पन्न प्रतिबेदन नदिएको अबस्थामा उदघाटन गर्ने कार्यको घोर भर्सना गर्दछौँ,’ बिग्यप्ती मा भनिएको छ,’ नगरपालिकाको उदाशिनता कै कारण भबन निर्माणमा ढिलाई भएको छ । भबन निर्माण सकिएपछि मात्रै उदघाटन गर्नुपर्दछ भन्ने हामी सबै दलको माग छ ।’